नेपाल इन्जिनियरिङ कलेजमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
ajakoartha.com · Thu Jul 23 06:14:00 GMT 2026

काठमाडौं- नेपाल इन्जिनियरिङ कलेज (एनईसी) मा अध्ययनरत विद्यार्थी, प्राध्यापक (फ्याकल्टी) तथा कर्मचारीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक तथा चिकित्सक टोलीले कलेज परिसरमै स्वास्थ्य शिविर सञ्चालन गरी सयौं विद्यार्थी, फ्याकल्टी तथा कर्मचारीलाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले इन्जिनियरिङ अध्ययनका लागि उत्कृष्ट शैक्षिक वातावरणसँगै विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै त्यसैलाई मध्यनजर गर्दै केएमसीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए । उनले स्वस्थ जनशक्तिबाट मात्रै गुणस्तरीय शिक्षण–सिकाइ सम्भव हुने भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)