कोसी प्रदेशलाई निको कप महिला टि-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
nepalnews.com · Sun Jun 28 10:12:52 GMT 2026
जनकपुरधाम। मधेस प्रदेशमा जारी निको कप महिला टि-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोसी प्रदेशले हात पारेको छ।
पर्साको वीरगञ्जस्थित टिवी शाह क्रिकेट ग्राउण्डमा आज सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोसी प्रदेशले उपाधि हात पारेको हो। टस जितेर एपिएफ क्लबले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९८ रनको योगफल खडा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)