मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन माग गर्दै सम्पत्ति शुद्धीकरणमा नागरिक अगुवा

nayapatrikadaily.com · Mon Dec 27 00:26:00 GMT 2021

न्यायालयलाई दूषित बनाएको आरोप खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिन गर्न नागरिक तहबाटै आवाज उठेको छ । जबराले अकुत सम्पत्ति आर्जन गरेको केही दलिलसमेत पेस गर्दै नागरिक अगुवाहरूले ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमै पुगेर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

बृहत् नागरिक आन्दोलनका अगुवाहरू डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी, अधिवक्ता ओमप्रकाश अर्याललगायत विभागमा पुगेका थिए । जबराले आफूसहित श्रीमती, भाइ, परिवारका अन्य सदस्य तथा नातेदारमार्फत बिचौलियाको काम गराएको, उनीहरूको नाममा सम्पत्ति लुकाएको र गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेकाले उनीमाथि छानबिन हुनुपर्ने नागरिक आन्दोलनको माग छ । विशेष अदालतमा न्यायाधीश छँदा पत्नी रेजी राणा क्षेत्रीका नाममा काठमाडौं महानगरपालिका–३० स्थित कित्ता नं. १०९ र ११० को जग्गा खरिद गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । उनले ०६५ मा करिब ४० करोड त्यहाँ लगानी गरेको देखिएको पत्रमा जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)