मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्त्य होस् अराजकता, फेरियोस चोला : स्वागतम् २०८०

pahilopost.com · Fri Apr 14 00:25:19 GMT 2023

आजदेखि क्यालेन्डर फेरिएको छ। वर्षमात्र होइन, नयाँ दशक प्रवेश आफैँमा अर्को अध्याय। आजको सूर्योदयसँगै प्रारम्भ भएको ८० को दशकमा तपाईँलाई हार्दिक स्वागत छ। नयाँ वर्ष र दशक दुवैले तपाईँको स्वास्थ्य, परिवार तथा सिंगो सामाजिक उपस्थितिमा नयाँ इट्टा थपोस्। तपाईँको प्रगतिले मुलुकले गर्व गर्न सकोस्। नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना।

असङ्ख्य अपेक्षा र सीमित उपलब्धिका बिच ७० को दशकबाट हामी पार भयौं। राजनीतिक संक्रमण अविछिन्न रुपमा गएको दशकमा हामीसँगै गाँसिइरह्यो। २०६० को दशक नेपालीका लागि भयको राजबाट मुक्ति मिल्ने दशक थियो। नेपाली जनताको एकता र संघर्षबाट रक्तरञ्जित इतिहासमा पूर्णविराम आफैँमा एउटा उपलब्धि बन्यो। त्यसअघिको दशक हिंसात्मक र बिर्सनलायक नै थियो। समग्रमा पछिल्ला तीन दशक राजनीतिक उतारचढाव र संघर्षपूर्ण बन्यो। सकसपूर्ण पनि। जसको प्रतिफल आज हरेक नेपालीले भोगिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)