शिक्षामन्त्रीको राजीनामा माग्दै दिल्लीमा ब्यारिकेड तोडियो
barnanmedia.com · Thu Jul 23 07:06:33 GMT 2026

भारतको राजधानी नयाँ दिल्लीस्थित संसद मार्ग र जन्तर–मन्तर क्षेत्रमा कक्रोच जनता पार्टी (सीजेपी) का प्रदर्शनकारी र प्रहरीबीच हिजो तीव्र झडप भएपछि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ। झडप र सम्भावित हिंसालाई रोक्न दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले आज बिहानैदेखि १६ वटा मुख्य मेट्रो स्टेशनहरू अर्को सूचना नआएसम्मका लागि पूर्ण रूपमा बन्द गरिदिएको छ।
बन्द गरिएका स्टेशनहरूमा राजीव चोक, पटेल चोक, केन्द्रीय सचिवालय, लोक कल्याण मार्ग, मण्डी हाउस, र सर्वोच्च अदालत लगायतका संवेदनशील क्षेत्रका केन्द्रहरू रहेका छन्। रेलहरू ती स्टेशनमा नरोकिई सिधै अगाडि बढ्ने भए पनि यात्रुहरूको सहजताका लागि राजीव चोक र केन्द्रीय सचिवालय लगायतका केही मुख्य स्टेशनमा रेल परिवर्तन गर्ने (इन्टरचेन्ज) सुविधा भने खुल्ला राखिएको छ। परीक्षा प्रश्नपत्र चुहावट र शैक्षिक सुधारको माग राख्दै आएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोज्दा हिजो प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)