टी-२० विश्वकप: अमेरिका माथि प्रभावशाली जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा
deshsanchar.com · Sun Jun 23 17:22:13 UTC 2024
काठमाडौं- टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा साविक च्याम्पियन इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको छ। आइतबार राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराएसँगै इंग्ल्यान्ड समूह ‘दुई’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो।
संघर्षपूर्ण रुपमा सुपर आठमा प्रवेश गरेको इंग्ल्यान्डले अन्तत सुपर आठमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। इंग्ल्यान्डले सुपर आठमा दक्षिण अफ्रिकासँग एउटा खेलमा पराजित भएपनि बाँकी दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दा सेमिफाइनल सम्भव भएको हो। जारी टी-२० विश्वकपमा सेमिफाइनलमा स्थान पक्का गर्ने इंग्ल्यान्ड पहिलो टीमका रुपमा रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)