पहिलो जितको खोजिमा सन्दीप र दीपेन्द्रको टोली भ्यानकुभर
barnanmedia.com · Wed Jul 31 23:07:26 UTC 2024
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टी-२० ट्वान्टी क्यानडा लिगको पहिलो खेलमा पराजित भएको छ।
सन्दीपको टोली भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले हारेको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो। रासिइ भान डार डुसेन ३१ र निकोलन किर्तन ४ रनमा अविजित रहे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)