झरना रनिङ शिल्डको उद्घाटन खेलमा बीपी स्पोर्ट्स क्लब विजयी
ekantipur.com · Wed Sep 17 17:11:07 GMT 2025
तिलोत्तमा — ३७ औं झरना रनिङ शिल्ड नकआउट प्रतियोगिताको उद्घाटन खेलमा बीपी कोइराला स्पोर्ट्स क्लब विजयी भएको छ । उसले नवयुवा खेलकुद तथा सांस्कृतिक युवा क्लबलाई हराएको हो।
खेलको सुरुवाती ५ मिनेटमै नवयुवा क्लबका खेलाडी सुदीप पुलामीले आत्मघाती गोल गरे। खेलको १३ औं मिनेटमा नवयुवाका क्याप्टेन संगम सोमरेले गोल फर्काए । त्यसलगत्तै बीपी कोइराला स्पोर्ट्स क्लबका सरोज दर्लामीले गोल गरे । नवयुवाको आत्मघाती गोल बीपीका लागि विजेता गोल बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)