काठमाडौंको कारागारबाट फरार कैदी ओखलढुङ्गामा पक्राउ
gorkhapatraonline.com · Wed Sep 17 17:14:55 GMT 2025

काठमाडौंको जगन्नाथ देवल कारागारबाट गत भदौ २४ गते फरार भएको कैदी दीपकुमार राई ओखलढुङ्गामा पक्राउ परेका छन् ।
जिल्लाको सिद्धिचरण नगरपालिका –४ घर भई ज्यानसम्बन्धी कसुरमा कैद सजाय भोगिरहेकी राई कारागारबाट फरार हुनुभएको थियो । उहाँलाई चिशङ्खुगढी गाउँपालिका –८ माम्खाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)