घोराही उपमहानगरपालिका : दुई अर्ब ४२ करोड बजेट सार्वजनिक
ratopati.com · Sun Jun 23 17:35:00 UTC 2024

देउखुरी । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि रु दुई अर्ब ४२ करोड ७७ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ ।
नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक हुमाकुमारी डिसीले आज पन्ध्रौँ नगरसभामा आगामी बजेट सार्वजनिक गरिन् । घोराहीले चालु आवभन्दा रु २६ करोड ९४ लाख १८ हजार बढीको बजेट ल्याएको छ । चालु आवका लागि उपमहानगरले रु दुई अर्ब १५ करोड ८३ लाख बजेट विनियोजन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)