भारतका वरिष्ठ समाजवादी नेता शरद यादवको निधन
baahrakhari.com · Fri Jan 13 17:32:00 GMT 2023
नयाँ दिल्ली । भारतीय राजनीतिज्ञहरूले ७५ वर्षको उमेरमा निधन भएका भारतका अग्रज समाजवादी नेताहरूमध्ये एक शरद यादवप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । केही समयदेखि स्वास्थ्य समस्या भोग्दै आइरहेका पूर्व संघीय मन्त्री यादवको बिहीबार राति राजधानी दिल्लीस्थित एउटा अस्पतालमा निधन भएको हो ।
उनको ५० वर्ष भन्दा लामो राजनीतिक करिअरमा पछिल्ला केही वर्षयता थुप्रै उतारचढाव देखिएका थिए । तर उनले जीवनको अन्तिम कालसम्म पनि राजनीतिक वृत्तका सम्पूर्ण नेताहरूसँग सुमधुर सम्बन्ध कायम राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)