जसपाको एक वर्ष : ओलीविरुद्ध शुरु भएको मोर्चावन्दी ओलीकै कारण धरापमा !
nepallive.com · Fri Apr 23 17:30:00 GMT 2021
काठमाडौं- तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता भएको एक वर्ष पुग्यो। तर, दुई पार्टीको एकताबाट बनेको जनता समाजवादी पार्टी (जसपा) एकताको एक वर्ष पुग्दै गर्दा यो पार्टी निकै कष्टकर समयबाट गुज्रिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चावन्दी हुँदै एक भएको जसपा ठीक एक वर्षपछि उनै ओलीका कारण विभाजनउन्मुख छ। ओली नेतृत्वको सरकारमा जाने वा नजाने विषयलाई लिएर अहिले जसपाका नेताहरु दुई धारमा विभाजित छन्।