महोत्तरीमा सर्पको टोकाइबाट ८ वर्षीय बालकको मृत्यु
barnanmedia.com · Thu Jul 23 08:11:55 GMT 2026

महोत्तरीमा सर्पको टोकाईबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१२ बिजलपुरा बस्ने चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापर रहेका छन् ।
बुधबार साँझ घरछेउको अम्बाको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थाहा पाएपपछि परिवारले तत्काल उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा विवेकको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)