एन्टिबायोटिकको प्रयोगमा सरकारको कडाइ, सिफारिसबिना बिक्री गरे कारबाही
baahrakhari.com · Wed Dec 06 00:38:00 GMT 2023
काठमाडौं । पछिल्लो समय एन्टिबोयोटिकको दुरुपयोग विश्वव्यापीरूपमा जनस्वास्थ्य समस्याका रूपमा देखिरहेको छ । नेपालमा एन्टिबोयोटिकको दुरुपयोग न्यूनीकरणका लागि सरकारले प्रयोगमा कडाइ गरेको छ ।
औषधी व्यवस्था विभागले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक (समूह 'क' र 'ख') का औषधी बिक्री वितरण गरे कारबाही हुने चेतावनी नै दिएको छ । औषधी पसल (फार्मेसी)हरूको अनुगमनका क्रममा चिकित्सकको सिफारिसबिनै एन्टिबायोटिक बिक्री भइरहेको पाइएपछि विभागले कडाइ गरेको हो । विभागले फार्मेसी सञ्चालकलाई आगामी दिनमा चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग नगर्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)