दाङमा ४५ बोरा युरिया मल बरामद
ratopati.com · Thu Jul 23 08:27:29 GMT 2026

दाङ । दाङ प्रहरीले बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको हो ।
राप्ती गाउँपालिका–१ भालुवाङ चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा ४५ बोरा युरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)