विकास निर्माणको कामलाई गति दिन निर्देशन
barnanmedia.com · Wed Sep 23 22:16:27 GMT 2026

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले बुधबार प्रदेशमा सञ्चालित विकास आयोजनाको कामलाई थप गति दिँदै निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
चालु आर्थिक वर्षका लागि मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका योजनालाई प्रभावकारी रुपमा अघि बढाउन उहाँले कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको हो । मन्त्री खत्रीले विकास निर्माणका काममा अनावश्यक ढिलाइ स्वीकार्य नहुने उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)