संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको सम्बोधन : अति कम विकसित देशहरुको पक्षमा काम गर्न आग्रह
farakdhar.com · Mon Sep 18 16:42:32 GMT 2023
संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडिजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तराष्ट्रिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयनमा जोड दिए ।
नेपाली समयअनुसार सोमबार राति सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी संकटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्धार योजना जरुरी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)