तनहुँमा ११ हजार एक सय ३४ उद्योग
ratopati.com · Wed Sep 23 22:48:12 GMT 2026

तनहुँ । तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् ।
एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा रहेका उद्योगमध्ये सबैभन्दा बढी घरेलु उद्योग छन् । उनका अनुसार हाल तनहुँमा सात हजार ३२९ घरेलु, तीन हजार ६५० साना, १४९ लघु र एउटा मझौला उद्योग सञ्चालनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)