मेरो नागरिकताबारे दुष्प्रचार गर्नेविरुद्ध कानुनी उपचार खोज्छु : अध्यक्ष सिरोहिया
ekantipur.com · Wed May 29 17:25:19 UTC 2024

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले प्रहरी प्रशासनले आधारभूत अनुसन्धानबिनै पक्राउ गरी ९ दिनसम्म हिरासतमा राख्ने योजनामा संलग्न र आफ्नो नागरिकताबारे दुष्प्रचार गर्ने व्यक्ति र समूहविरुद्ध कानुनी उपचार खोज्ने भएका छन् ।
सहकारी ठगी लगायत विषयमा श्रृंखलाबद्ध शोधपूर्ण समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका अध्यक्ष सिरोहिया ९ दिनपछि बुधबार रिहा भएका हुन् । त्यसपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै कानुनी उपचारको बाटोमा जाने उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)