महिन्द्र रायले आफ्नै नागरिकताको उमेर अस्वीकार गरेपछि पशुपतिशमशेर जेठो सांसद !
nayapatrikadaily.com · Fri Dec 16 00:30:00 GMT 2022
प्रतिनिधिसभामा सभामुख र उपसभामुख नियुक्त नहुँदाको अवस्थामा उमेरको हिसाबले ज्येष्ठ सदस्यले सभा सञ्चालन (सभामुखको भूमिका) गर्ने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ खुवाएर अन्य सदस्यलाई ज्येष्ठ सदस्यले शपथ दिलाउने प्रचलन पनि छ । तर, उमेरको आधिकारिकता जाँच्ने नागरिकताअनुसार सबैभन्दा ज्येष्ठ सदस्य महिन्द्र राय यादवले आफ्नै उमेरप्रति असन्तुष्टि जनाउँदै उक्त भूमिकाका लागि अस्वीकार गरेका छन् ।
सर्लाही २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव नागरिकताअनुसार ८५ वर्षका भए । निर्वाचन आयोगको अद्यावधिक विवरणमा पनि उनको उमेर ८५ वर्ष नै छ । तर, उनले आफू ६८ वर्षको मात्रै भएको दाबी गरेका छन् । नागरिकतामा आफ्नो उमेर बढी भएको र नैतिकताका आधारमा ज्येष्ठ सदस्यका रूपमा प्रतिनिधिसभा सञ्चालन नगर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)