सिंगो राजनीतिमा जनताको विश्वास टुटेको छ : प्राध्यापक खनाल
baahrakhari.com · Thu Jul 23 09:25:30 GMT 2026

काठमाडौं । प्राध्यापक कृष्ण खनालले सिंगो राजनीतिमा जनताको विश्वास टुटेको बताएका छन् । बीपी स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावी परिणामले सो कुरा पुष्टि भएको बताए ।
जनता जोड्ने कुरामा नेपाली कांग्रेस पछाडि परेको उनको भनाइ छ । उनले भने, “चुनावको परिणामले पनि यो संकेत गर्छ । बीपीले लामो समय आस्थाको राजनीति गरे पनि अहिले अभ्यासको राजनीति भइरहेको छ । किन कांग्रेस पछाडि पर्यो ? आस्थाको संकट भयो यो देशमा ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)