मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दोरम्बामा पहिराको जोखिममा रहेका ६५ घरपरिवारलाई अन्यत्र सारियो

barnanmedia.com · Sun Aug 25 22:16:29 UTC 2024

दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा गएरातिको पहिराका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित भएका करिब एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मावि र गाँउपालिकाको खाली कोठामा सारिएको पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो ।

आज घटनास्थल पुग्नुभएका ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले जोखिमयुक्त बस्ती तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिनुभएको थियो । पहिरोमा परी मृत्यु भएकाका परिवारलाई राज्यमन्त्रीद्वारा जनही रु १०÷१० हजार प्रदान गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)