१० कित्तेलाई तीन-तीन दिनमा १० रुपैयाँ ठटाउने एनसेलको आइडिया
mysansar.com · Mon Aug 02 19:57:42 GMT 2021
‘१० कित्ते’ भनेको के हो भनेर नबुझेको भए बुझ्नुस्- यो मूलधारे मिडियाका पत्रकारहरुले युट्युबरलाई हेपेर ‘युट्युबे’ भने जस्तै शब्द हो। धितोपत्रको दोस्रो बजारमा सयौँ, हजारौँ कित्ताको कारोबार गर्नेहरु आइपिओ भर्नेहरु र थोरै संख्यामा दोस्रो बजारमा कारोबार गर्नेहरुलाई हेपेर ‘१० कित्ते’ भन्ने गर्छन्। किन त्यसो भन्या त? कुरो यसो हो के, कुनै कम्पनीको प्राथमिक शेयर निश्कासन (आइपिओ) खुल्दा लाखौँले भर्छन्। कयौँ गुणा बढी आवेदन परेपछि सबैलाई दिने कुरा आएन। अनि चिट्ठा हालेर न्यूनतम १० कित्ता बाँडिन्छ।
यसरी आइपिओ भर्नेहरुको संख्या थुप्रो हुन्छ। पछिल्लो समय युनियन लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको आइपिओमा २० लाखले आवेदन दिए। आम्मामा… २० लाख।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)