‘रेड कार्पेट’ र सैन्य फ्लाईओभरसहित अमेरिकामा सी जिनपिङको भव्य स्वागत
ratopati.com · Wed Sep 23 23:02:44 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने ऐतिहासिक अमेरिका भ्रमण सुरु भएको छ ।
जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा स्थानीय समय अनुसार बुधबार साँझ आयोजित संक्षिप्त र भव्य स्वागत समारोहका क्रममा दुवै नेताले हात मिलाएका थिए । त्यसलगत्तै उनीहरू वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प स्वयं सीलाई गाडीसम्म पुर्याउन गएका थिए । सो क्रममा दुई नेताबिच संक्षिप्त कुराकानी भएको थियो भने चिनियाँ राष्ट्रपति सीले आफ्ना एक प्रतिनिधिमण्डल सदस्यसँगै सहमति जनाउँदै टाउको हल्लाएको देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)