इरानलाई ध्वस्त पार्ने ट्रम्पको अभिव्यक्तिपछि कसले के भने ?
barnanmedia.com · Wed Sep 23 22:57:00 GMT 2026

गत अप्रिल ७ को राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मागहरू नमाने इरानलाई ध्वस्त पारिदिने चेतावनी दिएका थिए । सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सिङ्गो सभ्यतालाई नामेट पार्ने उनको चेतावनी थियो। ‘आज राति एउटा पूरै सभ्यताको अन्त्य हुनेछ, जुन कहिल्यै फर्किएर आउने छैन। म त्यस्तो नहोस् भन्ने चाहन्छु, तर सम्भवतः त्यो हुनेछ,’ ट्रम्पले लेखेका थिए ।
ट्रम्पको उक्त चेतावनीलाई उनका आलोचकहरूले त यसै मन पराएनन् । उनका समर्थकहरू पनि राम्रो दृष्टिबाट हेर्न सकेनन् । उनको पक्षमा अनवरत बोलिरहेका सञ्चारकर्मीहरू पनि उनको विरोधमा बोल्न बाध्य भएका थिए । तर प्रशासनका अधिकारीहरूले भने उनको कथनलाई तेहरानलाई सम्झौता गर्न बाध्य पार्ने एउटा वार्ताको रणनीति मात्र भएको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)