बालबालिकालाई खोपमा अझै अन्योल
ekantipur.com · Sat Apr 16 00:39:32 GMT 2022
काठमाडौँ — ५–११ वर्ष उमेर समूहका बालबालिकाले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले मार्च महिनाभित्रै खोप लगाइसक्ने घोषणा गरे पनि अझैसम्म कहिलेबाट अभियान सुरु हुन्छ निश्चित भएको छैन ।
सरकारले बालबालिकाका लागि आउने भनिएको फाइजर कम्पनीको खोप ५–११ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरेको थियो । स्थानीय निर्वाचनअघि नै खोप भित्र्याएर लगाइसक्ने सरकारको तयारी रहे पनि विश्वभर अत्यधिक माग रहेकाले फाइजर कम्पनीबाट खोप प्राप्त हुने समय अझै यकिन भइनसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । ‘स्वास्थ्य मन्त्रालयले खोप सल्लाहकार समितिको सिफारिसअनुसार ५–११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्घको खोप लगाउने निर्णय गरिसकेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘जसअनुसार मन्त्रालय फाइजर खोप ल्याउन सक्रिय भएर लागेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)