७७ जिल्लामा फल्ने कोदो खेतीमा उपेक्षा
ekantipur.com · Wed Jul 31 23:19:24 UTC 2024

काठमाडौँ — सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदीलाई भने सरकारले सधैं उपेक्षामा राखेको छ ।
रैथाने बाली कोदो लगाउन धानजस्तो मनसुन कुर्नु पर्दैन । पाखोबारी र कम उर्वरा शक्ति भएको जग्गामा पनि सजिलै लगाउन सकिन्छ । ‘धानको विकल्प कोदो हो । अन्य बालीभन्दा कम लागतमा उत्पादन गर्न सकिन्छ,’ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले भने, ‘जलवायु परिवर्तनको दृष्टिले कोदोलाई मुख्य प्राथमिकतामा राख्नु आवश्यकता पनि हो । तर सरकारले सधैं उपेक्षा गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)