सङ्घीय संसद्का दुवै सदन र पाँच संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
ratopati.com · Wed Sep 23 23:30:16 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । त्यसैगरी संसद्अन्तर्गतका विभिन्न पाँच वटा विषयगत समितिका बैठकहरू पनि आजै बोलाइएका छन् ।
सिंहदरबारमा बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा दुई वटा नयाँ विधेयकसम्बन्धी कार्यसूची तय गरिएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)