वामपन्थी एकतामा ढिलाइ नगरौं : प्रचण्ड
nepalsamaya.com · Sun Jun 28 10:31:00 GMT 2026

काठमाडौं । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको वर्तमान परिस्थितिमा वामपन्थी शक्तिहरू छिटोभन्दा छिटो एक हुनुपर्नेमा जोड दिएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले वामपन्थी एकता आजको मुख्य आवश्यकता भएको बताएका हुन्। उनले एकतामा भइरहेको ढिलाइले गम्भीर क्षति पुर्याउने चेतावनी दिए।