नेकपा एकीकृत समाजवादी पदाधिकारी चयन निर्वाचनबाटै
rajdhanidaily.com · Sun Aug 25 23:05:28 UTC 2024

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी चयन निर्वाचनबाटै हुने भएको छ । महाधिवेशन भएको दुई महिना पुग्नै लाग्दासमेत विधानअनुसार पदाधिकारी चयन हुन सकेका छैनन् ।
आइतबारदेखि पार्टीको केन्द्रीय कमिटीको बैठक काठमाडौंको बानेश्वरमा सुरु भएको छ । बैठकले समीक्षा, कार्ययोजनासहित पदाधिकारी चयन गर्ने बताइएको छ । केन्द्रीय सदस्य दिलु पन्तले बैठकबाट सर्वसम्मतिमै पदाधिकारी चयन गर्ने ’boutमा छलफल जारी रहेको बताइन् । सर्वसम्मतबाट पदाधिकारी चयन हुन नसके लोकतान्त्रिक प्रक्रियानुसार केन्द्रीय कमिटीबाट निर्वाचनबाटै पदाधिकारी चयन हुने उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)