मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरामा अन्तर्राष्ट्रिय उडान फर्कियो, फ्लाई दुबईको आगमनले जगायो नयाँ उत्साह

tourismface.com · Wed Sep 23 23:38:56 GMT 2026

पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब तीन वर्षपछि बुधबार पुनः नियमित प्रकृतिको अन्तर्राष्ट्रिय व्यावसायिक उडान अवतरण गरेको छ। दुबईबाट फ्लाई दुबईको विमान पोखरा आएपछि लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेका पर्यटन व्यवसायी तथा स्थानीयमा उत्साह थपिएको छ।

फ्लाई दुबईको विमान पोखरा विमानस्थलमा अवतरण गरेपछि स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाले यात्रु र चालक दललाई स्वागत गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)