निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन प्रशासन सक्रिय
barnanmedia.com · Wed Sep 23 23:31:57 GMT 2026

झापाका निजी अस्पतालमा सरकारले तोकेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्बन्धमा अस्पताल सञ्चालक तथा सरोकारवालाबीच छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेलको पहलमा जिल्ला प्रशासन कार्यालयमा बुुधबार भएको छलफलमा गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिइयो । सेवा कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने तथा लक्षित वर्गको पहिचानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)