मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम बदली, अन्य ठाउँको सामान्यतया सफा

Ujyaaloonline.com · Mon Oct 23 01:47:03 GMT 2023

काठमाण्डाै - सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रको मौसम बदली भएको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना पनि छ । यी प्रदेशमा बाली भित्र्याउने तयारी भएको भए मौसमी अवस्थाबारे जानकारी राख्न मौसमविद्को सुझाव छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)