रुसी फौजमा नयाँ भर्ती भएकालाई पुराना राइफल, मरेका भ्यागुता भएका पोखरीको पानी पिउन बाध्य !
baahrakhari.com · Mon Apr 04 23:00:00 GMT 2022
मस्को । युक्रेनविरुद्ध लड्नका लागि डोन्बस क्षेत्रबाट रुसी फौजमा भर्ती गरिएकाहरूलाई उन्नाइसौँ शताब्दीको उत्तरार्धमा डिजाइन गरिएका निकै पुराना राइफल भिडाइएको छ । साथै उनीहरूलाई मरेका भ्यागुता भरिएका पोखरीको पानी खान बाध्य पारिएको छ ।
एउटा स्वचालित हतियार दिइएका एकजना विद्यार्थीले रोयटर्सलाई भनेका छन्, “मलाई यो हतियार कसरी चलाउने भन्ने सिकाइएको नै छैन । मलाई युक्रेनी फौजलाई धपाउने आदेश दिइएको छ । मलाई एउटा मोर्टार युनिटमा राखिएको छ । तर कुनै पनि आवश्यक प्रशिक्षण दिइएको छैन । अहिलेसम्म मैले मोर्टार भनेको फिल्ममा मात्र देखेको छु । साँच्चै मलाई मोर्टार कसरी चलाउने भन्नेबारे केही पनि थाहा छैन ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)