विद्यालयको नाममा जग्गा नहुँदा समस्या
barnanmedia.com · Wed Sep 23 23:43:59 GMT 2026

जिल्लाकै पुरानो मध्येको एक विद्यालयको नाममा जग्गा नहुँदा अनेकन समस्या भोग्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको श्री माध्यामिक विद्यालय दोघरे स्थापना भएको आधा शताब्दी पूरा भए पनि हालसम्म जग्गा प्राप्त गर्न सकेको छैन ।
कक्षा १० सम्म सञ्चालित उक्त विद्यालय २०३१ सालमा स्थापना भएको हो । विद्यालयको नाममा जग्गा नहुँदा निकै कठिनाइ भोग्नु परेको विद्यालयका प्रधानाध्यापक सुनिता यादवले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)