मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत

barnanmedia.com · Sun Aug 25 23:21:34 UTC 2024

तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत उपलब्ध गराइएको छ । आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुबाट घरपालुवा चौपाया क्षति भएवापत डिभिजन वन कार्यालयले कृषकलाई रु छ लाख ६१ हजार नौ सय ८५ राहत उपलब्ध गराएको हो । यस्तै चितुवाको र बाँदरको आक्रमणबाट घाइते भएका पीडित परिवारलाई उपचार खर्चवापत रकमसमेत उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

चितुवा र बाँदरको आक्रमणबाट घरपालुवा चौपायाबाट मृत्यु भएपछि कृषकले दिएको निवेदनका आधारमा कार्यालयले राहत रकम उपलब्ध गराएको डिभिजन वन अधिकृत अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँकानुसार उक्त अवधिमा व्यास नगरपालिका, म्याग्दे, बन्दीपुर, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका, शुक्लागण्डकी र भिमाद नगरपालिकाका कृषकलाई राहत उपलब्ध गराइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)