युक्रेन र रुसबीच फेरि वार्ता हुँदै
baahrakhari.com · Mon Mar 14 17:20:00 GMT 2022
किभ । चौँथो चरणसम्मको शान्तिवार्ता निष्कर्षविहीन बनेपछि मंगलबार रुस र युक्रेनका प्रतिनिधिहरूबीचको पुन: छलफल हुने भएको छ । युक्रेनी राष्ट्रपति कार्यालयका प्रवक्ताले युक्रेनले युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेको तर रुसले भने थुप्रै युक्रेनी सहरमा बमबारी जारी राखेको बताएका छन् ।
यसै क्रममा राजधानी किभको एउटा आवासीय क्षेत्रमा भएको रुसी क्षेप्यास्त्र आत्रमणको कारण एक व्यक्तिले ज्यान गुमाएका छन् । साथै आइतबार पोल्यान्ड नजिकको एउटा सैनिक अखडामा रुसी फौजले गरेको आक्रमणले नेटोलाई तर्साउने प्रयास गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)