आरोप पुष्टि गर्न रवि लामिछानेलाई मिडिया सोसाइटीको चुनौती
ekantipur.com · Tue Feb 07 00:46:43 GMT 2023
काठमाडौँ — नेपाल मिडिया सोसाइटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै आइतबार दिएका धम्कीपूर्ण अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर घात भएको बताएको छ ।
सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सोमबार विज्ञप्ति जारी गरी लामिछानेलाई आफ्ना अभिव्यक्ति तत्काल सच्याउन, गालीगलौज फिर्ता लिन र लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । ‘नेपाल मिडिया सोसाइटी लामिछाने र उनको दललाई प्रश्न गर्न चाहन्छ, नेपालको प्रचलित संविधान, ऐन, कानुन र नेपालको न्यायपालिकामाथि बर्बराहट गर्ने अधिकार कहाँबाट प्राप्त भयो ?’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ समयमै आफ्नो गल्ती सच्याउन र आमजनता तथा मिडियाको संवैधानिक अधिकारमाथि चुनौती दिने गल्ती नदोहोर्याउन चेतावनी दिन चाहन्छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)