बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ महिना यताकै उच्च
ratopati.com
बेलायतमा पछिल्ला दिनमा कोरोना संक्रमण र मृत्युदरमा वृद्धि हुन थालेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बुधबार छ महिनायताकै उच्च भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २०७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृतक संख्या गत मार्च ९ पछिकै सबैभन्दा बढी हो । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ३२ हजार ७४२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३५ हजार ६९३ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा कोरोना संक्रमितको कुल संख्या ६८ लाख २५ हजार ७४ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)