सहकार्य गर्न जति ढिला गर्यो, दुर्घटना त्यति नै भयानक हुनेवाला छ : प्रचण्ड
annapurnapost.com · Sun Jun 28 10:33:37 GMT 2026

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले वामपन्थी दलहरूलाई छिटोभन्दा छिटो सहकार्य गर्न आह्वान गरेका छन्। मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेलाई पनि सहकार्यका निम्ति आह्वान गरे।
वामपन्थीहरू सहकार्य गर्न ढिलाइ गरे ठूलो दुर्घटना हुने उनको भनाइ छ। 'ढिलो नगरी, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासीजमका विरुद्ध र वैदेशिक दबाबका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तिहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु,' उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)