राप्रपाको प्रदेश अधिवेशन एकै दिन
annapurnapost.com · Thu Sep 24 00:33:19 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातै वटा प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्ने भएको छ। आगामी मंसिरमा हुने महाधिवेशनको तयारीस्वरूप राप्रपाले असोज २१ गते सातै प्रदेशमा अधिवेशन गर्ने मिति तय गरेको हो।
प्रदेश अधिवेशनलाई व्यवस्थित र निष्पक्ष ढंगले सम्पन्न गर्न राप्रपाको केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाइएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कोशी प्रदेशमा भरत पाठक, मधेस प्रदेशमा राजाराम श्रेष्ठ, बागमती प्रदेशमा प्रा.डा. जयन्तनाथ खनाल र गण्डकी प्रदेशमा अमृत पुडासैनीलाई निर्वाचन प्रतिनिधि तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)