आजदेखि देशभर मुसलधारे वर्षाको 'रेड अलर्ट'- कहाँ- कहाँ पर्दैछ ठूलो झरी ?
lokaantar.com

काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा रातभर पानी परेको छ । पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा अत्यधिक वर्षा भएको हो ।
हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् । लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि बाढी पूर्वानुमान महाशाखाले हाललाई अवस्था सामान्य रहेको जनाएको छ । कर्णालीका हिमाली भेगबाहेक अन्य सबै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)