फुल्चोकीमा हराएका चार जनाको प्रहरीले गर्यो उद्धार
setopati.com · Sun Jun 07 00:54:33 GMT 2026

ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका एक युवतीसहित चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
शनिबार दिउँसो फुल्चोकी क्षेत्रमा दुई विद्यार्थी हराएको जानकारी काठमाडौं उपत्यका प्रहरी कार्यालयमार्फत प्राप्त भएपछि जिल्ला प्रहरी परिसर ललितपुरको टोली तत्काल खोजी तथा उद्धारकार्यमा खटिएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बागबजारस्थित एसएस एकेडेमीका शिक्षक तथा विद्यार्थीसहित १४८ जनाको टोली फुल्चोकी भ्रमणमा गएको थियो। सोही क्रममा दुई विद्यार्थी समूहबाट छुट्टिएका थिए। त्यस्तै, अर्को छुट्टै चार सदस्यीय समूहका दुई जना पनि फुल्चोकी झरना क्षेत्रमा अलपत्र परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)