एसियाली खेलकुद पदक तालिकामा नेपालको खाता खुल्यो, तेन्जिङले जिते कांस्य पदक
kendrabindu.com · Thu Sep 24 00:49:05 GMT 2026
काठमाडौं । नेपालले जापानको आइची–नागोयमा जारी २०औँ एसियाली खेलकुदको पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ ।
बुधबार नेपालले करातेमा कांस्य पदक जितेको हो । पुरुष कुमिते ८४ केजीमाथिको तौल समूहमा भने तेन्जिङ शेर्पाले कांस्य जितेर नेपाललाई पदकविहीन हुनबाट जोगाएका हुन् । तेन्जिङले कांस्य पदकका लागि भएको रेपिचेज खेलमा लाओसका जायासन वात्थानालाई ९–१ ले पराजित गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)