मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालमै विद्युतीय बस एसेम्बलिङ गर्नेे योजनामा प्रमको चासो

abhiyandaily.com

काठमाडौं । नेपालमै विद्युतीय बस एसेम्बलिङ गर्ने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले गत साता सुन्दर यातायात प्रालिका पदाधिकारीलाई भेटेर उक्त कम्पनीको एसेम्बलिङ उद्योगको तयारीबारे बुझ्नु भएको हो । कम्पनीले हाल काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्दै आएको छ ।

सुन्दर यातायातले २०७६ मङ्सिरमा चिनियाँ कम्पनी बीएकेसँगको संयुक्त लगानीमा बुटवल औद्योगिक क्षेत्रमा बस एसेम्बलिङ उद्योग खोल्ने बताएको थियो । कम्पनीले नेपालमै विद्युतीय बस एसेम्बलिङ गरेर बंगलादेशमा निर्यात गर्ने योजना बनाएको थियो । यद्यपि, त्यसयता उसले आफ्नो बस विक्रेता कम्पनी बीएकेसँग यस विषयमा छलफल गरे पनि काम अघि बढ्न सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)