वाम शक्तिलाई ओलीको प्रस्ताव- समान उद्देश्यमा मिलौँ
nepalpress.com · Thu Jul 23 11:23:53 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोकतान्त्रिक, प्रगतिवादी, वामपन्थी दलहरू एकताबद्ध हुन जरुरी रहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दलहरूबीच आपसी दल एकताबद्ध हुन जरुरी रहेको बताए ।
उनले भने, ‘नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहन्छ । हामी सबै प्रगतिशील, लोकतान्त्रिक शक्तिहरू, वामपन्थी, लोकतान्त्रिक, देशभक्त शक्तिहरू, सबै शक्तिहरू मिलेर देशका लागि, जनताको हितमा, लोकतन्त्र फिर्ता ल्याउन, संविधानको रक्षा गर्न, सुशासन फेरि फिर्ता ल्याउन, कानुनी राज पुनः स्थापना गर्न दृढताका साथ अगाडि बढौँ। एकजुट भएर अगाडि बढौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)