अकबरे खुर्सानीमा ‘डढुवा रोग’ को प्रकोप, किसान चिन्तित
nagariknews.nagariknetwork.com · Thu Sep 24 00:43:41 GMT 2026

भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, किरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक समस्यामा परेका हुन्।
भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठले खुर्सानीको आधा पाटो सुक्ने ‘कोत्रे’ अर्थात् डढुवा रोग देखा परेको बताए। यो रोगको सङ्क्रमण सुरु भएको एक साता नपुग्दै बारीको खुर्सानी पूर्ण रूपमा नष्ट हुने भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)