बर्नह्यामसँग ट्रम्पले भने : चागोस सम्झौता ‘खराब सम्झौता’
kendrabindu.com · Thu Sep 24 01:05:05 GMT 2026

न्युयोर्क । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामसँगको पहिलो भेटमा दुई देशबिचको सम्बन्ध राम्रो रहेको बताए पनि हिन्द महासागरस्थित चागोस टापुहरूको सार्वभौमसत्ता मौरिससलाई हस्तान्तरण गर्ने बेलायती योजनाको आलोचना गरेका छन्।
न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ८१औँ महासभाका क्रममा मंगललबार भएको भेटमा व्यापार, फकल्यान्ड टापु, इरान र युक्रेनलगायत विषयमा छलफल भएको थियो। ट्रम्पले बर्नह्यामलाई ‘प्राकृतिक व्यवसायी’ भन्दै दुई देशबिचको सम्बन्ध विगतको तुलनामा अझ सुदृढ रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)