अति भारी वर्षाको पूर्वानुमान छ, सतर्क रहनुस् : प्रधानमन्त्री
bishowkhabar.com · Thu Sep 24 01:10:18 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले भोलि शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन देशबासीलाई अपिल गरेका छन् ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री साहले आफ्नो फेसबुक पेजमार्फत सतर्क रहन अपिल गरेका हुन् । महासभामा भाग लिनका लागि हिजो मंगलबार कतार एयरलाइन्सको जहाजमार्फत त्यसतर्फ प्रस्थान गरेका उनी बुधबार न्यूयोर्क पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)