एडिबीले घटायो नेपालको आर्थिक वृद्धिको प्रक्षेपण
gorkhapatraonline.com · Thu Sep 24 01:11:11 GMT 2026

एसियाली विकास बैङ्क (एडिबी) आर्थिक वर्ष २०८३/८४ (सन् २०२७) मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण गत (असार–साउन) जुलाईमा प्रक्षेपण गरेकोभन्दा ०.४ प्रतिशतले कम हो ।
गत भदौ १० गतेको भोटेकोशी बाढीपछि उक्त बैङ्कले जुलाईको प्रक्षेपण ४.५ प्रतिशतबाट घटाएको हो । एडिबीको प्रमुख आर्थिक प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ मा हालैको विनाशकारी बाढी र पश्चिम एसियाको द्वन्द्वले लागतमा थप चाप सिर्जना गरेकाले मुद्रास्फीति बढ्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)